ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

ई - सेवा र एमबैंकबीच डिजिटल भुक्तानी सम्बन्धि सम्झौता

२०७८ असोज, २३  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

असोज २३, काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक ई - सेवा र सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने एमबैंकबीच डिजिटल भुक्तानीका लागि सम्झौता भएको छ ।

सहकारी संस्थाहरुलाई पनि डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले दुई कम्पनी बीच सहकार्य भएको हो । सम्झौतासँगै एमबैंकले सेवा दिइरहेका ४५० बढी सहकारीमा अबदेखि थप डिजिटल रुपमा भुक्तानी गर्न सकिने बताइएको छ । 

ई - सेवासँगको सहकार्यसँगै अबदेखि एमबैंकमार्फत सहकारीबाट बैंकमा रकम ट्रान्सफर, ई - सेवा वालेटमा रकम लोड, क्यूआर भुक्तानी, सबै किसिमको युटिलिटी पेमेन्ट, शेयर खरीदको भुक्तानी, मेरो शेयर÷डिम्याट नविकरण, राजस्व, ट्राफिक जरिवाना भुक्तानीलगायतका सेवा उपयोग गर्न पाइनेछ । हाल स्क्यान एन्ड पे सेवाको शुरुआत भइसकेको छ भने अन्य सेवा निकट भविष्यमै उपलब्ध हुनेछन् ।  

मोबाइल तथा इन्टरनेटका माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको ई - सेवामा हाल प्रत्यक्ष रुपमा खाता खोल्नेको संख्या ४५ लाख नाघेको छ । यसैगरी अप्रत्यक्ष रुपमा करीब १ करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्