ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

टेलिकमको फोरजी सेवासहितको टावर सञ्चालन

२०७८ असोज, २४  
प्रदेश ०१
NA

खोटाङ । खोटाङको विभिन्न १८ स्थानमा नेपाल टेलिकमको फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा आएको छ । जिल्लाका दशवटै स्थानीय तहमा फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालन गर्ने लक्ष्य लिएको टेलिकमले पहिलो चरणमा जिल्लाका विभिन्न १८ स्थानमा सञ्चालनमा ल्याएको हो ।

दिक्तेलस्थित टेलिकमको कार्यालय, रत्नपार्क, हलेसी, च्यास्मिटार, बाहुनीडाँडा, सिम्पानी, खोटाङबजार, सावाकटहरे, चिसापानी, बराहपोखरी, मात्तिमबिर्ता, खिदिमा, बाँझेच्यानडाँडा, दोर्पाबुवालुङ, फेदी बाक्सिला र बुइपामा जडान गरिएको टावर सञ्चालनमा आएको नेपाल टेलिकम खोटाङका कार्यालय प्रमुख खगेन्द्र मगरले बताए । ‘जीएसएम मोबाइलका सेवाग्राहीको समस्यालाई ध्यानमा राख्दै टेलिकमले गत आर्थिक वर्ष जिल्लाका २८ स्थानमा टेलिफोन टावर जडानको काम थालेको थियो,’ उनले भने, ‘जडान गरिएकामध्ये पहिलो चरणमा १८ ओटा सञ्चालन गरिएको छ । निर्माणाधीन दशओटा पनि चाँडै सञ्चालन गर्ने तयारी गरेका छौं ।’

दोस्रो चरणमा बतासे, छितापोखरी, खार्पा, दुवेकोल, ऐंसेलुखर्क, पाथेका, मेरुङ, मुडे र आमचोकमा जडान गरिएका टेलिफान टावर सञ्चालन गर्ने तयारी गरिएको टेलिकम खोटाङका कार्यालय प्रमुख मगरले बताए । ‘टेलिफोन टावरका लागि आवश्यक सामग्री ल्याइसकिएको छ,’ उनले भने, ‘अहिले जिल्लाका ग्रामिण सडक अवरुद्ध रहेकाले निर्माणस्थल पु¥याउन सकिएको छैन । दसैं–तिहारलगत्तै बाँकी दशओटै ठाउँका टेलिफोन टावर सञ्चालनमा ल्याउँछौं ।’

नेपाल टेलिकम खोटाङका अनुसार यस वर्ष जिल्लाका थप तीन ठाउँमा टेलिफोन टावर जडानका लागि केन्द्रबाट कार्यक्रम आएको बताइएको छ । सल्ले, राजापानी र लिच्किराम्चेमा यस वर्ष टेलिफोन टावर जडानका लागि केन्द्रबाट थप कार्यक्रम आएको कार्यालय प्रमुख मगरले जानकारी दिए । नेपाल टेलिकमले जिल्लामा फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा ल्याएपछि अधिकांश भेगका सेवाग्राही लाभान्वित भएका छन् । जिल्लामा जडान गरिएका टेलिफोन टावरलाई प्रभावकारी बनाउन केन्द्रीय प्रसारण लाइनको विद्युत्का साथै सोलार प्यानल जडान गरिएको टेलिकमले बताएको छ । रासस

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्