ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नेर्पा स्वास्थ्य चौकीबाट भिडियो एक्सरे सेवा शुरू

२०७८ असोज, २४  
प्रदेश ०५
NA
author avatar माधवकुमार ओली

रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकामा पहिलोपटक भिडियो एक्सरे सेवा शुरू भएको छ । स्वास्थ्य सेवा विभाग र त्रिवेणी गाउँपालिकाको सहयोगमा नेर्पा स्वास्थ्य चौकीमा एक्सरे सेवा सञ्चालन गरिएको त्रिवेणी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण बुढाले जानकारी दिए । विभागबाट मेशिन प्राप्त भएको र भवन तथा जडानका लागि गाउँपालिकाबाट करीब १२ लाख सहयोग भएपछि सेवा शुरू गरिएको हो । नेर्पा स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवा शुरू भएपछि गर्भवती महिला र आपत्कालीन सेवाग्राहीलाई जिल्ला अस्पताल वा दाङ झर्नुपर्ने बाध्यता हटेको छ ।

सेवालाई थप प्रभावकारी बनाउन शुरूमा अन्यत्रभन्दा सस्तो दरमा सेवा प्रवाह गरिरहेको रेडियो ग्राफर दिनेश महराले बताए । अन्यत्र ५ सयभन्दा बढी लाग्ने एक्सरे सेवा नेर्पा स्वास्थ्य चौकीले ३ सयमै प्रदान गरिरहेको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्