ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मधुमेह, कोलेस्टेरोल, उच्च रक्तचाप लगायत समस्या भएकाले मासु सेवन गर्दा सावधानी अपनाउनुपर्छ

२०७८ असोज, २४  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
NA

दशैंमा मासुको अत्यधिक प्रयोग गर्नुहुँदैन । यससँगै सागसब्जी, फलफूल, पानी र सलाद पनि उत्तिकै सेवन गर्नुपर्छ । यसो गर्दा मासुका नकारात्मक असर कम गर्न मद्दत पुग्छ । यसले दशैंको समयमा हुने कब्जियतको समस्याबाट पनि बचाउँछ । सकेसम्म पोलेको मासु प्रयोग गर्नु हुँदैन । साधारण तरिकाले पकाएको वा उमालेको मासु स्वस्थकर हुन्छ ।

कसै कसैलाई मासु नपच्ने समस्या हुन्छ । यस्तो समस्या भएका मानिसले दैनिक कम्तीमा एक कचौरा दहीको सेवन गर्नुपर्छ । बिहान, खानापछि र दिउँसोको समयमा दहीको प्रयोग गर्न सकिन्छ । यसले पाचन प्रक्रिया चुस्त बनाउँछ । मधुमेह, कोलेस्टेरोल, उच्च रक्तचाप भएका मानिसले तारेको खानेकुरा खानुहुँदैन ।

बोसोको मात्रा कम गर्नु छ भने खसीको मासुबाट बोसो छुट्याएर उपभोग गर्नुपर्छ । तौल कम गर्न प्रयासरत हुनुहुन्छ भने मासु खाँदा भात र चिउराको मात्रा एकदमै कम गर्नुपर्छ । त्यस्तै, सलाद, सागसब्जी (आलु बाहेक)को उपभोग भने सकेसम्म बढाउनुपर्छ । ग्यास्ट्राइटिसको समस्या छ भने चिल्लो र पिरो कम गर्नुपर्छ । खानासँगै फलफूल, तरकारी, सलाद र दही सेवन गर्नुपर्छ ।

दशैंमा अन्य बेलाको तुलनामा मासुको उपभोग अत्यधिक गरिन्छ । मासुसँगै चिल्लो, नून, चिसो पेयपदार्थ, गुलियो र मदिरा पनि बढी सेवन गरिन्छ । तर, कतिपय रोगीलाई भने यस्ता खाद्यपदार्थ विष बन्छ । उच्च रक्तचाप, मधुमेह, मुटु रोग, मिर्गौला रोग, युरिक एसिड, मोटोपन, कोलेस्टेरोल बढ्ने, कब्जियत, क्यान्सर, ग्यास्ट्राइटिसको समस्या भएकाहरूले मासु सेवन गर्दा विशेष ध्यान दिनुपर्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्