ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

रोल्पाका द्वन्द्वपीडितलाई परिचयपत्र

२०७८ असोज, २४  
प्रदेश ०५
Image Not Found

रोल्पा (अस) । सत्य निरूपण तथा मेलमिलाप आयोगले रोल्पाका द्वन्द्वपीडितहरूलाई परिचयपत्र वितरण शुरू गरेको छ । रोल्पाको लिबाङमा एक कार्यक्रमको आयोजना गरी पीडितहरूलाई परिचयपत्र वितरण गरिएको हो ।

आयोगकी सदस्य विष्णु पोख्रेलको उपस्थितिमा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाले परिचयपत्र वितरण गरेका थिए । हालसम्म निरूपण भएका १४ ओटा उजुरीमध्ये ७ जनालाई परिचयपत्र वितरण गरिएको छ । परिचयपत्र वितरण गर्दै आयोगकी सदस्य पोख्रेलले कतिपय ऐन संशोधन हुन नसक्दा आयोगले अपेक्षित रूपमा काम गर्न नसकेको बताए । हालको ऐनबाट आयोगले ७० प्रतिशत मात्र काम गर्ने सक्ने अवस्था भएकाले सरकारले बाँकी ३० प्रतिशत ऐन संशोधन गर्नुपर्ने भनाइ उनले राखे । सत्य निरूपण तथा मेलमिलाप आयोगमा रोल्पाबाट मात्रै ३ हजार ३८ उजुरी परेका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्