ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

फोर ह्वीलर स्वराज ट्र्याक्टर बजारमा

२०७८ असोज, २४  
बजार
Image Not Found

पोखरा (अस) । ट्र्याक्टर उत्पादक स्वराज कम्पनीले ९६३ एफई मोडलको फोर ह्वीलर ट्र्याक्टर नेपाली बजारमा भित्र्याएको छ । स्वराजले गण्डकी प्रदेशको पोखरामा शुक्रबार ट्र्याक्टर सार्वजनिक गरेको हो ।

स्वराज ट्र्याक्टरको आधिकारिक वितरक ओम्नी अटो मोबाइलले आयोजना गरेको कार्यक्रममा स्वराजका नेपाल प्रमुख मनोज दल्भी, ओम्नी अटोमोबाइलका प्रबन्ध निर्देशक सन्दीप मोहता र ट्र्याक्टर एसोसिएसन पोखराका अध्यक्ष प्रेमबहादुर थापाले ट्याक्टरको औपचारिक विक्रीको उद्घाटन गरे ।

यसअघि नेपालमा विभिन्न मोडलका ट्र्याक्टर विक्री गर्दै आएको कम्पनीले फोर ह्वील ट्र्याक्टर पहिलो पटक भित्र्याएको ओम्नी अटो मोबाइलका प्रबन्ध निर्देशक मोहताले जानकारी दिए । नेपालको पहाडी भूभागमा यो मोडलको ट्र्याक्टर उपयोगी हुने उनको भनाइ छ ।  

कम्पनीले चाडपर्व अवसरमा ग्राहकका लागि विभिन्न आकर्षक योजना ल्याएको छ । ५ लाखसम्मको दुर्घटना बीमा, ३२ इन्चको रंगीन टेलिभिजन, फ्रिजलगायतका उपहार ग्राहकले पाउन सक्नेछन् ।

कम्पनीका सबै प्रकारका मोडलमा ६ वर्षसम्मको वारेन्टी र पार्टपुर्जाको उपलब्धता रहनेछ । कार्यक्रममा सेल्स म्यानेजर हरजित सिंहले कम्पनीको नेटवर्क र प्रदान गर्ने सेवाबारे जानकारी दिए ।

स्वराजका बिक्री प्रबन्धक अभयकान्त मिश्रका अनुसार ६५ हर्सपावर रेन्जमा यो मोडलको विशेषता, उपयोगिता लाभदायक छ । अन्य ट्र्याक्टरको तुलनामा यो ट्र्याक्टरको तान्ने क्षमता १५ प्रतिशत बढी भएको मिश्रले बताए । इन्धन कम खपत गर्ने यो ट्र्याक्टर जोताइ र लोडर तथा डोजर बनाएर व्यावसायिक प्रयोजनमा ल्याउन सकिने हुने उनको भनाइ छ । १०० जनाभन्दा बढी ग्राहकको सहभागिता रहेको कार्यक्रमकै अवसरमा ५ जनाले ट्र्याक्टर खरीद गरेको कम्पनीले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्