ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

शिवम् सिमेन्ट्सको साधारण सभा कात्तिक १६ गते, २९% लाभांश प्रस्ताव

२०७८ असोज, २४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २४, काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले कात्तिक १६ गते छैठौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको असोज २२ गतेको सञ्चालक समितिको बैठकले होटल सोल्टी, काठमाडौंमा बिहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित कर समेत २९ प्रतिशत लाभांश प्रस्तावलाई पनि अन्तिम रुप दिनेछ ।

सभाले चालू आर्थिक वर्षको लागि लेखा परिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउनेछ । कम्पनीले भर्चुअल माध्यमबाट सभा गर्ने तयारी गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ४० करोड रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले नगद लाभांश दिन लागेको हो ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्