ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२०७८ असोज, २४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २४, काठमाडौं  । युनिलिभर नेपालको नगद लाभांश सुरक्षित गर्ने आज (आइतवार) अन्तिम दिन रहेको छ । सभा र नगद लाभांश प्रयोजनार्थ कम्पनीले सोमवारदेखि कात्तिक ११ गतेसम्म बुक क्लोज गर्ने भएकाले आइतवारसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।

कम्पनीले गत वर्षको नाफाबाट प्रतिशेयर ६५० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ११ गते २८ औं वार्षिक साधारण सभा बोलाएको छ ।

सभा कम्पनीको कर्पोरेट कार्यालय सिटी स्क्वेयर बिल्डिङ नयाँ बानेश्वर काठमाडौंमा दिउँसो ३ः४५ बजेदेखि शुरु हुनेछ । कम्पनीले भर्चुअल माध्यमबाट सभा गर्ने भएको हो ।

सभामा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनमा छलफल हुनेछ । सोही आर्थिक वर्षको नाफा नोक्सान, नगद प्रवाहमा पनि छलफल गर्ने प्रस्ताव रहेको छ ।

त्यस्तै, कम्पनीको संगठित सामाजिक जिम्मेवारी अन्तर्गतका परियोजनाहरुको खर्चहरु पारित गर्ने, सर्वसाधारण शेयरधनीहरुको प्रतिनिधित्व गर्ने निर्देशक नियुक्त गर्नेलगायतका प्रस्तावहरु समेत रहेका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्