ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

कृषि उपज प्रशोधनमा भाटभटेनीको एक अर्ब

२०७८ असोज, २४  
१० वर्ष अघि
NA

भाटभटेनी सुपर मार्केटले कृषि उपज प्रशोधन उद्योगमा रू. १ अर्बको लगानी गर्ने भएको छ । काठमाडौं उपत्यकामा प्रस्तावित उक्त उद्योगले जडीबुटी, फलफूल र तरकारी प्रशोध गर्ने भाटभटेनी सुपर मार्केट्सका परामर्शदाता शीतल अधिकारीले जानकारी दिए ।

आगामी मंसिरभित्र उत्पादनमूलक सहकारी संस्थामार्फत यस्तो उद्योग सञ्चालनका लागि लगानी गर्ने तयारी भएको हो । यसका लागि सहकारी विभागमा उत्पादनमूलक सहकारी संस्था दर्ता गर्न प्रक्रिया अगाडि बढाएको उनले बताए ।

भाटभटेनी सुपरमार्केटका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले केन्द्रीय सहकारी सङ्घसंग बजार व्यवस्थापनका निमित्त विभिन्न चरणमा कुराकानी गरिसकेका छन् । सङ्घका अध्यक्ष खेमबहादुर पाठकले भाटभटेनी सुपरमार्केटको अगुवाइमा सञ्चालन हुन लागेको सहकारी प्रशोधन उद्योगलाई पूर्ण सहयोग गर्ने बताए । अहिले सङ्घमा ८ क्षेत्रीय, २४ जिल्ला र २ सय १ प्रारम्भिक सहकारी संस्थाहरू आबद्ध छन् ।

भाटभटेनीले गत मंसिरदेखि यस्तो उद्योग सञ्चालनका लागि आवश्यक जग्गा लीजमा लिने प्रयास गरिरहेको छ । त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको परीक्षा नियन्त्रण कार्यालय बल्खुदेखि पारिपट्टिको ६० रोपनी जग्गा उनले लीजमा लिन खोजेका थिए । तर त्रिविले निजी प्रयोजनका लागि जग्गा लीजमा नदिने बरु सहकारी  संस्थाबाट आए दिन सकिने जवाफ दिएको अधिकारीले जानकारी दिए । सहकारीको माध्यमबाट आए उक्त ६० रोपनी जग्गामध्ये ४० रोपनी लीजमा दिन सकिने त्रिविले जवाफ दिएको उनको भनाइ छ ।

वर्ष ५, अंक ५, २०६७, भदौ १०–१७

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्