ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मुस्ताङबाट १२ हजार भेडा–च्यांग्रा निकासी

२०७८ असोज, २४  
गण्डकी प्रदेश
NA

मुस्ताङ । दशैंलाई लक्षित गरी हिमालपारिको जिल्ला मुस्ताङबाट करीब १२ हजार भेडाच्यांग्रा निकासी भएका छन् । तिब्बतबाट भेडाच्यांग्रा नआएपछि विगतको तुलनामा झण्डै आधाको संख्यामा भेडाच्यांग्रा निकासी भएका हुन् । अघिल्ला वर्षमा २० देखि २५ हजारको संख्यामा भेँडाच्यांग्रा निकासी हुँदै आएका थिए ।

निकासी भएका सबै भेडाच्यांग्रा मुस्ताङमै उत्पादन भएको र करीब १२ हजारको हाराहारीमा जिल्लाबाट निकासी भएको पाइएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मुस्ताङका अधिकृत ऋषिराम पोखरेलले जानकारी दिए । ‘स्वास्थ्य परीक्षणमा जम्मा तीन हजार ५६० पुगेको छ, व्यापारीले संख्या घटाएर टिपाएको भए पनि जिल्लाको नाकाबाट बाहिरिएको रिपोर्टमा १२ हजारको संख्यामा भेडाच्यांग्रा निकासी भएका छन्,’ उनले भने ।

पशु चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउँदा प्रतिगोटा १५ शुल्क तिर्नुपर्ने भएकाले समेत व्यापारीले आधाको मात्रै संख्या टिपाउने गरेको पाइएको छ । भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले थासाङ गाउँपालिका, बंगुर जोन र धवलागिरि प्राविधिक शिक्षालयका पशु चिकित्सकसँग समन्वय गरेर भेडाच्यांग्राको स्वास्थ्य परीक्षण गर्ने प्रबन्ध मिलाएको थियो । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्