ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नबिल बैंकको नबिल दशैं धमाका

२०७८ असोज, २४  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) नबिल बैंकले दशैं पर्व अवसरमा नबिल दशैं धमाका अफर ल्याएको छ । अफरअन्तर्गत बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले बिग मार्ट, दराज र किराना पसलमा कार्ड प्रयोग गरेबापत क्यासब्याक पाउन सक्नेछन् । अफरअनुसार ग्राहकले बिग मार्टमा १० प्रतिशत छुट वा अधिकतम ३०० रुपैयाँसम्म क्यासब्याक पाउन सक्नेछन् । यस्तै, किरानामा १५ प्रतिशत छुट वा अधिकतम १ हजार ५०० सम्म क्यासब्याक पाउन सक्नेछन् । दराजमा भने हरेक शुक्रबार १० प्रतिशत छुट वा अधिकतम ५०० रुपैयाँसम्म पाउन सकिनेछ ।

अफरको लाभ लिन डेबिट अथवा क्रेडिट कार्ड आवश्यक पर्ने हुँदा पायक पर्ने शाखामा गई खाता खोलेर डेबिट, क्रेडिट कार्ड लिन बैंकले आग्रह गरेको छ । हाल बैंकले १३५ शाखा, १८५ एटीएम र १ हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्टमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्