ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

प्रभु क्यापिटलको डबल धमाका अफर

२०७८ असोज, २४  
बजार
NA

काठमाडौं (अस) । प्रभु क्यापिटलले आउँदै गरेका दशैं, तिहार तथा छठ पर्व अवसरमा ग्राहक लक्षित डबल धमाका अफर ल्याएको छ । योजनामा प्रभु क्यापिटलमा दैनिक १ रुपैयाँमा डिम्याट खाता खोल्न र निःशुल्क शेयर बजारसम्बन्धी तालिम लिन सकिनेछ ।

प्रभु क्यापिटलमा दैनिक डिम्याट खाता खोल्नेमध्ये भाग्यमानी १० ग्राहकलाई यो योजनाअन्तर्गत छनोट गरिनेछ । यसरी छनोट भएका ग्राहकलाई खाता खोलेपछि १९९ रुपैयाँ मा २५ प्रतिशत टिडिएस कट्टी गरी बाँकी रकम ग्राहकको वालेटमा फिर्ता गरिनेछ । दैनिक छनोट भएका १० जना ग्राहकलाई प्रत्येक शनिबार र साताभरबाट छनोट हुने  ७० जना ग्राहकलाई शेयर बजारसम्बन्धी आधारभूत तालिम दिइनेछ ।

योजनामा नयाँ डिम्याट खाता खोल्न चाहने ग्राहकले भौतिक फाराम भरेर वा प्रभु क्यापिटलको वेबसाइटबाट अनलाइन माध्यमबाट डिम्याट खाताको लागि आवेदन दिन सकिनेछ । योजनाको अन्त्यमा योजनावधिभर खुलेका सबै डिम्याटमध्येबाट भाग्यमानी २० जनालाई क्यापिटलले प्रदान गर्ने पीएमएसको कुनै पनि योजनामा वार्षिक शुल्क निःशुल्क रहनेछ । दैनिक विजेताको सूची १ दिनपछि कम्पनीको फेसबुक पेज तथा भाइबरमार्फत सार्वजनिक गरिनेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्