ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मोबाइलमार्फत फण्ड ट्रान्सफर निःशुल्क

२०७८ असोज, २४  
बजार
NA

काठमाडौं (अस) । नेपाल क्लियरिङ हाउसले आउँदै गरेका दसैं, तिहार तथा छठलगायत चाडपर्वको समय कागजी नोट प्रयोगलाई कम गर्न तथा मोबाइलबाट गरिने फण्ड ट्रान्सफरलाई प्रोत्साहन गर्ने उद्देश्यले कनेक्टआईपीएसबाट गरिने फण्ड ट्रान्सफर सुविधा निःशुल्क गरेको छ ।

यो सुविधा मोबाइल एप, बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङमा रहेको कनेक्टआईपीएस फण्ड ट्रान्सफर तथा कनेक्टआईपीएसमार्फत मोबाइल वालेटबाट गरिने बैंक खातामा आधारित फण्ड ट्रान्सफरलाई थप प्रवद्र्र्धन गर्न उक्त अवधिमा कारोबार शुल्क  मिनाहा गरिएको हो ।

यसले कागजी नोटको प्रयोग घट्नुका साथै फण्ड ट्रान्सफरमा मोबाइल प्ल्याटफर्म प्रयोग थप बढ्ने विश्वास कम्पनीको छ । फण्ड ट्रान्सफरलगायत अन्य विभिन्न भुक्तानी एकै प्ल्याटफर्मबाट गर्न सकिने कनेक्टआईपीएसले गत आर्थिक वर्षमा   १३.६ खर्ब बराबरको १ करोड ८९ लाख भुक्तानी कारोबार फस्र्योट गरेको थियो । चालू आर्थिक वर्षको भदौ मसान्तसम्म ४.५ खर्ब बराबरको ६२ लाख भुक्तानी कारोबार फस्र्योट गरेको कम्पनीले बताएको छ । हाल यो प्रणालीमा ५४ बैंक तथा वित्तीय संस्था आबद्ध छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्