ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

उद्योग महासंघ सुर्खेतको अध्यक्षमा कलाधर

२०७८ असोज, २४  
कर्णाली प्रदेश
NA

सुर्खेत (अस) । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ सुर्खेतको अध्यक्षमा कलाधर उपाध्याय निर्वाचित भएका छन् । महासंघको सुर्खेतको वीरेन्द्रनगरमा भएको जिल्ला भेलाले उपाध्यायलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

भेलाले अध्यक्ष उपाध्यायसहित ४५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्ष सूर्यबहादुर रावत, सचिव सुदीपकुमार केसी, कोषाध्यक्ष विजय सार्की, सह–सचिव कर्णबहादुर थापा, सह–कोषाध्यक्ष टीकाकुमारी कँडेल पौडेल तथा अन्य सदस्य रहेका छन् । नवनिर्वाचित अध्यक्ष उपाध्यायले जिल्लामा व्यवसायीले भोग्नु परेका कर तथा प्रशासनिक कामलाई सहज बनाउन प्रयास गरिने बताए ।

एमाले समर्थित व्यवसायीको साझा संगठन महासंघले यसअघि कर्णालीमा उद्योगमैत्री वातावरण बनाउन सरकारलाई दबाब दिँदै आएको उनको भनाइ छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्