ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

वीरेन्द्रनगरमा चाडपर्व लक्षित बजार अनुगमन

२०७८ असोज, २४  
कर्णाली प्रदेश
Image Not Found
author avatar विनोद लम्साल

वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा सञ्चालन भइरहेका विभिन्न पसल, व्यवसाय अनुगमन गरिएको छ । नगरपालिकाको पहलमा जिल्ला प्रशासन कार्यालय सुर्खेत, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेत, वीरेन्द्रनगर नगर प्रहरी, उपभोक्ता हित संरक्षण मञ्च नेपाल, सुर्खेत उद्योग वाणिज्य संघको संयुक्त टोलीले बजार अनुगमन गरेको हो ।

टोलीले सुर्खेतको खसी वधशाला, मासु बिक्री केन्द्र तथा डेरी उद्योगको अनुगमन गरिएको वीरेन्द्रनगर नगरपालिका उद्योग तथा नियमन शाखा प्रमुख इन्द्रबहादुर थापाले बताए  ।

खसी वधशाला, मासु बिक्री केन्द्र तथा डेरी उद्योग अनुगमनका क्रममा केही पसल मापदण्डअनुसार सरसफाइ नभएको, कतिपय पसलमा मूल्यसूची टाँस नभएको, कुनै पसल सम्बन्धित निकायमा दर्ता प्रक्रियामा नगएका र खाद्य अनुज्ञापत्र प्राप्त नगरेका देखिएकाले उनीहरुलाई मापदण्डअनुसार प्रक्रिया पूरा गर्न सचेत गराइएको थापाले जानकारी दिए  । अनुगमन गरिएका पसल तथा ग्राहकलाई सचेतनाका लागि पर्चा पप्लेटसमेत वितरण गरिएको उनले बताए  ।

दशैं, तिहारजस्ता पर्वलाई लक्षित गरी नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिँदै आएको छ । उपभोक्ताले भने चाडवाडभन्दा पनि निरन्तर बजार अनुगमन गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्