ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने

२०७८ असोज, २४  
बजार
NA

काठमाडौं (अस) । मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनका लागि कम्पनीले मेगा क्यापिटल मार्केट्सलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकाल र मेगा क्यापिटल मार्केट्सका प्रमुख कार्यकारी अधिकृत सवीर वादे श्रेष्ठबीच धितोपत्र निष्कासन सम्झौतापत्रमा हस्ताक्षर भएको छ । कार्यक्रमा मुक्तिनाथ कृषि कम्पनी सञ्चालक तुलसीराम ढकाल, सीताराम काफ्ले र विजय गुरुङ, प्रमुख कार्यकारी अधिकृत सलिलकुमार श्रीवास्तव, कम्पनी सचिव रामशरण तिमल्सिना, मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशि, मुक्तिनाथ बैंकका क्षेत्रीय प्रमुख बाबुराम ढकाल र मेगा क्यापिटलका प्रमुख लगानी अधिकृत सुलभ श्रेष्ठलगायत उपस्थिति थिए ।

कृषि क्षेत्रमा काम गर्ने उद्देश्यले निजी क्षेत्रको लगानीमा स्थापना भएका कम्पनीमध्ये सर्वसाधारणका लागि यो धितोपत्र निष्कासन पहिलो हुनेछ ।

सम्झौताअनुसार आउँदो चैत मसान्तभित्र आईपीओ निष्कासनका सबै प्रक्रिया पूरा गरी सर्वसाधारणका लागि ४ करोड बराबरको ४ लाख कित्ता धितोपत्र निष्कासन हुनेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्