ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

कर्णाली मल उद्घाटन

२०७८ असोज, २४  
कर्णाली प्रदेश
Image Not Found

वीरेन्द्रनगर (अस) । सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित कर्णाली मलको औपचारिक उद्घाटन गरिएको छ । केही समयअघिदेखि सञ्चालनमा ल्याइए पनि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले औपचारिक रूपमा मल उद्घाटन गरेका हुन् ।

मुख्यमन्त्री शाहीले कर्णालीमै पहिलो पटक मल सञ्चालनमा आउनुले कर्णालीको व्यावसायिक विकासमा इँटा थपिएको बताए । व्यावसायिक विकासबिना आर्थिक समृद्धि सम्भव नहुने हुँदा सरकारले  औद्योगिक र व्यावसायिक विकासमा विशेष जोड दिने उनको भनाइ छ । कर्णाली मलका सञ्चालक भरतप्रसाद ढकालले पैसा कमाउने उद्देश्यले मात्र नभई कर्णालीको व्यवसायमा नवीनतम सुरुआतका लागि जोखिम मोलेरै लगानी गरेको जानकारी दिए ।

मलबाट सुपथ मूल्यमा उपभोक्तालाई सामान उपलब्ध गराइने उनले बताए ।  मलका प्रबन्ध निर्देशक सुशील शर्माले दशैं–तिहारलगायत चाडपर्व अवसरमा हरेक सामानमा १० प्रतिशत छुट व्यवस्था गरिएको जानकारी दिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्