ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सानिमा बैंकले आह्वान गर्‍यो १७औं साधारण सभा, १७.८९% लाभांशको प्रस्ताव

२०७८ असोज, २४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २४, कामठमाडौं । सानिमा बैंकले १७औं वार्षिक साधारण सभा बैंकले कात्तिक १४ गते बोलाएको छ ।

कम्पनीले आम्रापाली ब्यांकेट बालुवाटार काठमाडौंमा बिहान ११ बजे सभा शुरु हुने जानकारी दिएको छ । कोभिड १९ महामारीको जोखिमका कारण साधारण सभा भर्चाुअल माध्यमवाट शुरु हुने भएको छ । कम्पनीको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ बैंकले कात्तिक ७ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा कात्तिक ४ गतेसम्म कायम शेयरधनीहरु मात्र साधारण सभामा सहभागि हुन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्