ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

लभांश पारित गर्न मार्केट पण्डित क्यापिटलले बोलायो चौथो साधारण सभा

२०७८ असोज, २४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २४, काठमाडौं । मार्केट पण्डित क्यापिटल एण्ड मर्चेण्ट बैंकिङ लिमिटेडको चौथो वार्षिक साधारण सभा कात्तिक १३ गते हुने भएको छ ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालय ललितपुरमा दिउँसो ४ बजे शुरु हुने कम्पनीले जानकारी गराएको हो ।

सभाले सञ्चालक समितिबाट सिफारिस भए हाल कायम चुक्तापूँजीको ४२ दशमलव ८६ प्रतिशत बोनस र कर प्रयोजनका लागि १० दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाको अन्य प्रस्तावमा कम्पनीको अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्ने, सञ्चालक समितिको पनर्गठन गर्ने, कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने रहेको छ ।

कम्पनीको असोज १९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्