ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

म्याग्दी हाइड्रोपावरको साधारण सभा कात्तिक १५ गते

२०७८ असोज, २४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २४, काठमाडौं । म्याग्दी हाइड्रोपावरको वार्षिक साधारण सभा कात्तिक १५ गते हुने भएको छ ।

सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी गराएको हो । कम्पनीको भदौ २६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले सञ्चालक समिति गठन गर्ने, थप कर्जा लिने, स्वीकृत नियमावलीको नियम २७ र २९ संशोधन गर्ने, एक जना महिला सहित ६ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्