ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

५० % लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै महिला लघुवित्तको शेयरमूल्यमा सर्किट

२०७८ असोज, २४  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज २४, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा आइतवार १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ५ हजार २८० पुगेको छ । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । 

मार्केट डेप्थमा हेर्दा १६ हजार ६६५ कित्ता शेयर खरीद माग रहेको छ भने विक्री माग शून्य रहेको छ । 

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ४५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश करसमेत गरेर कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै लगानीकर्ताहरु  आकर्षित भएका हुन् । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्