ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

वीउवासंघका अध्यक्ष सुवोधकुमार गुप्ता सम्मानित

२०७८ असोज, २४  
प्रदेश ०२
Image Not Found
author avatar अभियान संवाददाता

असोज २४, वीरगञ्ज । वीरगञ्ज राष्ट्रिय सरोकार मञ्च नेपाल र क्रियाशील पत्रकार मञ्च पर्साले संयुक्त रुपमा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोधकुमार गुप्तालाई सम्मान गरेको गरेको छ ।

फ्रान्सको यूरोपियन इन्टरनेशनल युनिभरसिटी ग्लोबल लिडरसीप एण्ड म्यानेजमेन्टमा प्रोफेसनल डक्टरल सर्टिफिकेटबाट सम्मानित भएकोमा गुप्तालाई वीरगञ्जमा ती संस्थाले सम्मानित गरेका हुन् ।

गुप्तालाई मञ्चका तर्फबाट नारायणी संयोजक नन्दकिशोर गोयल र प्रणय कुमारले दोसल्ला, ढाका टोपी र सम्मानपत्र प्रदान गरेका हुन्।  

सम्मान ग्रहणपछि गुप्ताले आफूले पाएको उपलब्धि व्यक्तिगत उपलब्धि नभएर वीरगञ्जवासीको योगदान भएको बताए । यो सम्मानले आफूलाई थप जिम्मेवारी दिएको अनुभूति भएको पनि उनले उल्लेख गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं २ का महासचिव श्याम बञ्जारा,  पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक टीका पोखरेल, संघका वरिष्ठ उपाध्यक्ष अनिल पटावरी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीलगायतले गुप्तालाई बधाई र शुभकामना दिएका थिए ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्