ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

अमेरिकामा थपियो १ लाख ९४ हजार रोजगारी 

२०७८ असोज, २४  
अन्तरराष्ट्रिय
Image Not Found

असोज २४, वाशिङटन डीसी (अमेरिका) । गत महीना अमेरिकी अर्थतन्त्रले १ लाख ९४ हजार रोजगारी सृजना गरेको छ । 

कोरोना भाइरसको संक्रामक प्रकार डेल्टा भ्यारिएन्टको प्रभाव जारी रहँदा अर्थतन्त्रमा प्रभाव  देखिएको हो । अमेरिकाको श्रम तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार आतिथ्य, खुद्रा र यातायात क्षेत्रमा रोजगारीमा उल्लेख्य वृद्धि भएको छ । शिक्षामा भने घटेको छ । 

योसँगै अगष्टमा ५ दशमलव २ प्रतिशत रहेको बेरोजगारी दर सेप्टेम्बरमा ४ दशमलव ८ प्रतिशतमाझरेको छ । यद्यपि, अझै पनि ७७ लाख मानिसहरु काम विहिन छन् । 

महामारीपूर्वको स्तरभन्दा बेरोजगारी दर अझै पनि उच्च रहेको छ । सेप्टेम्बरको बेलामा पनि यस वर्षको मासिक औसत ५ लाख रोजगारी सृजना हुने अपेक्षा अर्थशास्त्रीहरुले गरेका थिए । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्