ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

साताको पहिलो कारोबार दिन सुनचाँदीको मूल्यमा झिनो वृद्धि

२०७८ असोज, २४  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

असोज २४, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार सुनको मूल्य सामान्य अंकले उकालो लागेको छ । स्थानीय बजारमा आइतवार सुनको मूल्य अघिल्लो कारोबार दिन अर्थात् शुक्रवारको तुलनामा रू. १०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाला सुन प्रतितोला रू. ९० हजार ७०० मा कारोबार भएको छ । शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९० हजार ६०० मा कारोबार भएको थियो । शुक्रवारको तुलनामा आइतवार छापावाला सुन प्रतितोला रू. १०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९० हजार २५० मा कारोबार भएको छ । शुक्रवार तेजाबी सुन प्रतितोला रू. ९० हजार १५० मा कारोबार भएको थियो ।

यस्तै, आइतवार चाँदीको मूल्य पनि बढेको छ । शुक्रवार प्रतितोला रू. १ हजार १७० मा कारोबार भएको चाँदी आइतवार रू. १ हजार १७५ मा खरीदविक्री भइरहेको छ । शुक्रवारको तुलनामा आइतवार चाँदी रू. ५ ले बढेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्