ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

फ्ल्योेर हिमालयन लिमिटेडको साधारण सभा कात्तिक १६ गते हुँदै

२०७८ असोज, २४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २४, काठमाडौं । फ्ल्योर हिमालयन लिमिटेडको २६ औं वार्षिक साधारण सभा कात्तिक १६ गते हुने भएको छ । 

कम्पनीले सभा अगेनो रेष्टुरेण्ट कन्फरेन्स हल धोबीघाट, ललितपुरमा अपरान्ह २ बजे हुने बताएको हो ।सभाले अघिल्लो साधारण सभाबाट पारित १ : ५ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय पुन : पारित गर्ने रहेको छ । 

सभाले हकप्रद शेयर नबिकेको खण्डमा सञ्चालक समितिको निर्णय बमोजिम विक्री गर्न सञ्चालक समितिलाई पूर्ण अख्यितारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।

साथै सभाले आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका असोज २४ गते  कात्तिक १५ गतेसम्म बन्द हुनेछ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्