ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

लक्ष्मी इक्विटी फण्डसहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग

२०७८ असोज, २४  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज २४, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको करीब दुई घण्टाको अवधिमा लक्ष्मी इक्विटी फण्डसहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।


 कारोबारमा आएका २१५ ओटा धितोपत्रमध्ये पाँच ओटा  धितोपत्रमा उच्च खरीद माग रहेको छ ।  लक्ष्मी इक्विटी फण्ड, एनएमबि हाइब्रिड फण्ड एल १,नेशनल हाइड्रोपावर,आइसीएफसी फाइनान्स र सिभिल बैकको धितोपत्रमा उच्च खरीद माग रहेको हो । 

ती पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी लक्ष्मी इक्विटी फण्डको १ लाख ८० हजार २०० इकाई खरीद माग रहेको छ । 

त्यसैगरी एनएमबि हाइब्रिड फण्ड एल १ को १ लाख ४२ हजार २०० इकाई, नेशनल हाइड्रोपावरको १ लाख ३१ हजार ४७८ कित्ता,आइसीएफसी फाइनान्सको १ लाख २३ हजार ५९४ कित्ता र सिभिल बैंकको १ लाख २२ हजार ४३७ कित्ता शेयर खरीद माग रहेको हो ।  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्