ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

किन दुई दिनमै राजीनामा दिए उद्योगमन्त्रीले ?

२०७८ असोज, २४  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज २४, काठमाडौं । दुई दिनअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका गजेन्द्र हमालले आइतवार विहान बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका छन् ।

उनको राजीनामासमेत स्वीकृत भइसकेको छ ।

प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनाइएको भन्दै तीव्र विवाद भएपछि उनले राजीनामा दिएका हुन् । हमालले शनिवार बेलुका कांग्रेस महामन्त्री शशांक कोइरालालाई पनि आफूले राजीनामा दिने जानकारी गराएका थिए ।

आफ्नो राजनीतिक योगदान हुँदाहुँदै प्रधानन्यायाधीशसँग जोडेर विवाद उब्जाइएको उनले गुनासो गरेका थिए ।

‘सबैतिर परामर्श गर्दा मैले राजीनामा दिनु राम्रो मानें’, हमालले भनेका थिए, ‘म धार्मिक मान्छे हुँ । मेरोबारे भइरहेको टिप्पणीबाट दु : खी छु । मेरो राजनीतिक योगदानलाई अलग राखेर हेर्ने काम भयो ।’

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्