ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

डिप्रोक्स लघुवित्तको साधारण सभा सम्पन्न,२१.०५ % लाभांश पनि पारित

२०७८ असोज, २४  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २४, काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले २०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । 

शनिवार चितवनमा सम्पन्न सभाले २१ दशमलव शून्य ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

२० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल २१ दशमलव शून्य ३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

 बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ३८ करोडभन्दा बढी पुग्नेछ । साथै सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ ।

सभाले सर्वसाधारण शेयरधनीका तर्फबाट सञ्चालकमा रीता पौडेल,रमेश कुमार रघुवंशी र बासुप्रसाद उपाध्याय निर्विरोध निर्वाचित भएका छन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्