ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नेपालमा कोरोना संक्रमण ६० % ले घट्यो, संक्रमणमुक्त हुने दर ९६.७ %

२०७८ असोज, २४  
समाचार
Image Not Found

     नेपालमा कोरोना संक्रमण ६० प्रतिशतले घट्यो    
   असोज २४, काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण ६० प्रतिशतले घटेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालये ६० प्रतिशतले सङ्क्रमण घटेको बताएको हो । मन्त्राययका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले एक महीनाका बीचमा ६० प्रतिशतले संक्रमण घटेको जानकारी दिए।     
     
उनका अनुसार भदौको पहिलो साता ४० हजार ३३८ जना सक्रिय संक्रमित रहेकामा अहिले असोजको पहिलो साता त्यो सङ्ख्या १५ हजार ९४२ पुगेको छ । उनले यो संक्रमणमा उल्लेख्य कमी देखिएका कारणमध्ये कोरोना भाइरस विरुद्धको खोपको पनि योगदान रहेको बताए।     
     
 साथै भाइरसबाट बच्न नेपाल सरकारले अख्तियार गरेको नीति तथा सर्वसाधारणले जनस्वास्थ्यका मापदण्ड लागू गर्नु संक्रमण घट्नुको अर्को कारण भएको उनले बताए।     
     
शनिवार मात्र १२ हजार ३१ जनामा कोरोना परीक्षण गर्दा ७६० जनामा संक्रमण देखिएको थियो । अहिले कुल परीक्षणमा ७ प्रतिशत मात्र सङ्क्रमण देखिने गरेको उनले बताए ।शनिवार सक्रिय संक्रमित १५ हजार ३४० जना रहेका थिए । ५०० भन्दा बढी संक्रमित हुने जिल्लामा मोरङ्, सुनसरी, झापा, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की र रुपन्देही रहेका छन् ।     
     
नेपालमा सङ्क्रमण दर १८ दशमलव ७ प्रतिशत र संक्रमणमुक्त हुने दर ९६ दशमलव ७ प्रतिशत रहेको छ । त्यस्तै नेपालमा कोरोना भाइरस विरुद्धको खोप लक्ष्यअनुसार लगाएको पाइएको छ । असोज मसान्तसम्म कूल जनसङ्ख्याको ३३ प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य रहेकोमा अहिलेसम्म पहिलो मात्रा ४० प्रतिशत र पूर्णमात्रा ३२ प्रतिशतलाई लगाइएको मन्त्रालयका प्रवक्ता डा पौडेलले जानकारी दिए ।     

यसरी सरकारको लक्ष्यअनुसार नै नागरिकले खोप पाउने सुनिश्चित भएको छ । पहिलो मात्रा ८७ लाख दुई हजार ७०५ र पूर्णमात्रा ६९ लाख ६२ हजार १६४ जनालाई लगाइएको छ । १८ वर्षभन्दा माथिका दुई करोड १७ लाख ५६ हजार ७६३ जनालाई खोप लगाउने सरकारको लक्ष्य रहेको छ ।     
     
यस्तै काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा पहिलो मात्रा ८१ प्रतिशत र पूर्णमात्रा ७४ प्रतिशतलाई लगाइएको छ । यस्तै उपत्यकामा १७ लाख ४५ हजार ५७० जना र पूर्ण मात्रा १७ लाख ७९ हजार ८९७ जनालाई लगाइएको छ । उपत्यकामा १८ बर्षमाथिका २१ लाख २९ हजार ७७३ जना रहेका छन् ।     
     
नेपालमा अहिलेसम्म सङ्क्रमणमुक्त हुने नागरिक ७ लाख ७५ हजार ७२ जना छन् भने सङ्क्रमणबाट ११ हजार २२१ जनाको निधन भइसकेको छ । हाल देशभर ३१७ जना सघन उपचार कक्ष (आईसीयू), ११३ जना भेन्टिलेटर, १४ हजार १६८ जना होम आईसोलेशन, १ हजार १७२ जना संस्थागत आईसोलेशन र २३६ जना क्वारेनटाइनमा रहेका छन् ।रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्