ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

थपिए ५९६ जना कोरोना संक्रमित, ८७१ जना संक्रमण मुक्त

२०७८ असोज, २४  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज २४, काठमाडौं । आइतवार पछिल्लो २४ घण्टामा थप ५९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ९ हजार २३७ पीसीआर परीक्षण गर्दा ५६५ जना र ३ हजार १६७ एन्टिजेन परीक्षण गर्दा ३१ गरी कुल ५९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

त्यस्तै सोही अवधिमा देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार आइतवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट १० जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २३१ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २४ पुगेको छ । यसैगरी, आइतवार ८७१ जना निको भएसँगै हालसम्म ७ लाख ७५ हजार ९४३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्