ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

रैराङ हाइड्रोपावरले आह्वान गर्‍यो १८औं साधारण सभा, १२.६% लाभांशको प्रस्ताव

२०७८ असोज, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २५, कामठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले १८औं वार्षिक साधारण सभा बैंकले कात्तिक १७ गते बोलाएको छ ।

कम्पनीले आफ्नै केन्द्रिय कार्यालय, थापाथली, काठमाडौंमा बिहान ११ बजे सभा शुरु हुने जानकारी दिएको छ । कोभिड १९ महामारीको जोखिमका कारण साधारण सभा भर्चुअल माध्यमवाट शुरु हुने भएको छ । कम्पनीको असोज २४ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्तापूँजीको १२ दशमलव ६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, यस कम्पनी रिडी हइड्रोपावरसँग गाभिने भएकाले सो सम्बन्धी प्रस्ताव पारित गर्ने, मर्जर सम्बन्धी प्रस्तावहरु स्वीकृति तथा अभिलेखको लागि पेश गर्दा नियमनकारी निकायबाट कुनैपनि विषयमा संशोधन, परिमार्जन गर्न निर्देशन आएमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ बैंकले कात्तिक ४ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा कात्तिक ३ गतेसम्म कायम शेयरधनीहरु मात्र साधारण सभामा सहभागि हुन तथा लाभांश प्राप्त गर्न सयोग्य हुनेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्