ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

एक्सेल डेभलपमेण्ट बैंकको ३०% हकप्रद शेयर आजदेखि विक्रीमा

२०७८ असोज, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २५, काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकको ३० प्रतिशत हकप्रद शेयर आज (सोमवार) देखि निष्कासन तथा विक्री खुला भएको छ ।

कम्पनीले १० बराबर ३ अनुपातमा रू. १०० अंकित दरको २४ लाख ३३ हजार ३६३ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

उक्त हकप्रद शेयरमा आवेदनकले कात्तिक १४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि असोज १ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा भदौ ३१ गतेसम्म कायम शेयधनीले उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।  

हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । एक्सेल डेभलपमेण्ट बैंकका सम्पूर्ण शाखा कार्यलयहरु, आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिनेछ ।

कम्पनीले निष्कासन गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले आईआर त्रिपल बि माइनस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले वित्तीय दायित्व पुरा गर्न मध्यम जोखिममा रहेको देखाउँछ ।

हाल कम्पनीको चुक्तापूँजी रू. ८१ करोड ११ लाख रहेको छ । ३० प्रतिशत हकप्रद शेयर निष्कासन पछि कम्पनीको पूँजी रू. १ अर्ब ५ करोड पुग्नेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्