ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

उद्योग क्षेत्रलाई छिट्टै मागअनुसार विद्युत्

२०७८ असोज, २५  
समाचार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले यातायात र उद्योग क्षेत्रबाट माग भएअनुसारको विद्युत् छिट्टै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेकी छन् । नेपालका यातायात र उद्योग क्षेत्रले अझै मागअनुसार विद्युत् पाउन सकेका छैनन्, यो अवस्थालाई लक्षित गर्दै मन्त्री भुसालले यस्तो बताएकी हुन् ।

आगामी दिनमा यातायात र उद्योगीले मागेजति नै विद्युत् पाउने उनको भनाइ छ । प्रसारण लाइनजस्ता पूर्वाधार नबन्दा त्यस्ता क्षेत्रले मागअनुसार विद्युत् पाउन सकेका छैनन् । अब आवश्यक पूर्वाधार निर्माण गर्नेलगायत काम गरेर त्यस्ता क्षेत्रलाई विद्युत् उपलब्ध गराउने मन्त्री भुसालको भनाइ छ ।

उनले खाना पकाउने ग्यासभन्दा विद्युतीय चूल्हो (इन्डक्सन चूल्हो) सस्तो हुने बताइन् । विद्युत् महसुल दर कम गर्ने प्रक्रिया अगाडि बढाएको उल्लेख गर्दै उनले विद्युतीय चूल्हो सस्तो हुने दाबी गरिन् ।

‘हामीले सम्बद्ध निकायमार्फत विद्युत् महसुलदर कम गर्ने प्रक्रिया अगाडि बढाइसकेका छौं । घरायसी प्रयोजनका लागि महसुल दर घटाउँदै छौं । अब एलपी ग्यासमा भन्दा विद्युतीय चूल्होमा खाना बनाउन सस्तो हुन्छ,’ उनले भनिन् । अब भान्सामा मात्र नभई सबै ठाउँका जलविद्युत्को प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।

उनले १ वर्षभित्र सबै प्रकारका घरेलु उपकरण विद्युत्बाट चलाउने गरेर संरचना निर्माण गर्नुपर्ने पनि बताइन् । लोडशेडिङको समय अर्थात् पहिला पनि सीमित प्रयोजनका लागि विद्युत् प्रयोग गर्ने गरेर संरचना बनाइएको छ । त्यस्ता संरचनाले विद्युत् खपत बढाउन चुनौती हुन्छ,’ उनले भनिन्, ‘अब १ वर्षभित्र एलपी ग्यास नै नराख्ने गरेर संरचना बनाऔं । विद्युतीय चुल्हो प्रयोग गरौं । डलर साटेर भारतीय रूपयामा किनेको ग्यास विस्थापित गरौं ।’ यस्तो गर्न सकेमात्र विद्युत् खपतमा सुधार आउने उनको भनाइ छ ।

बत्ती बाल्नमात्र बनाइएका संरचनामा सबैखाले उपकरण विद्युत्बाट चलाउन नसकिने उनको भनाइ छ । ‘विद्युत्को चूल्हो बाल्ने गरी संरचना निर्माण गर्दै जाऔं, आप्mनै देशको जलविद्युत्को अधिकतम प्रयोग गरौं,’ उनले भनिन् । ऊर्जाका अन्य स्रोत विस्थापित गरेर जलविद्युत्को प्रयोगतर्पm अगाडि बढ्नुपर्ने उनको भनाइ छ । ‘सामाजिक एवं आर्थिक रूपान्तरणको आधार भनेको ऊर्जा, सडक र खानेपानीको उपलब्धता हो ।

यो अवस्थामा सबै प्रकारका ऊर्जाका स्रोतलाई विस्थापित गरेर जलविद्युत्को प्रयोग बढाउनुपर्ने समय आएको छ,’ उनले भनिन् । ललितपुरको महालक्ष्मी उद्योग वाणिज्य संघले आइतवार आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्