ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

काष्ठमण्डपको पुनर्निर्माण दशैंअघि पूरा नहुने

२०७८ असोज, २५  
वाग्मती प्रदेश
NA

काठमाडौं । काष्ठमण्डपको पुनर्निर्माण दशैंअघि पूरा नहुने भएको छ । यही दशैंअघि सक्ने लक्ष्य राखिए पनि अझै केही काम बाँकी रहेकाले ढिलाइ भएको हो ।

सो सम्पदाको अहिले ९७ प्रतिशत काम सम्पन्न भएको छ । दशैं र तिहारका बीचमा भने काम सम्पन्न गर्ने निर्माण समितिको योजना छ ।

काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार थोरै काम मात्र बाँकी रहेको छ । ‘केही अवरोध नआए ढुक्कसँग दशैं, तिहारको बीचमा काम सम्पन्न हुन्छ,’ अध्यक्ष शाक्यले भने, ‘अन्य निर्माण सम्पन्न गरी अहिले छानोमा झिँगटी लगाउने काम भइरहेको छ ।’

२०७२ वैशाख १२ गते आएको भूकम्पले काष्ठमण्डप पूर्णरूपमा क्षति भएको थियो । उक्त सम्पदा पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाले आर्थिक सहयोग गरेको छ । पुनर्निर्माणको काम २०७५ को वैशाखदेखि शुरू गरिएको हो । निर्माणका लागि कामपाले हालसम्ममा ११ करोड ५० लाख दिइसकेको छ ।

पुनर्निर्मित उक्त ऐतिहासिक सम्पदामा गत साउन दोस्रो साता मूल गजुर भित्œयाइएको थियो । काष्ठमण्डपसँगैको श्रीखण्डतरुमूल महाविहारभित्र तीन दिनसम्म गुप्त तान्त्रिक पूजा गरी उक्त गजुरलाई भित्र्याइएको हो ।

गजुरलाई काष्ठमण्डपभित्र बिसाइसकेपछि सिँख्वःमूबहाःया पण्डित प्रा. यज्ञमानपति वज्राचार्यको नेतृत्वमा सोही बहालका गुर्जुबाट चर्या नृत्यसहित प्रतिस्थापन पूजा गरिएको थियो ।

उक्त सम्पदा पुनर्निर्माणका लागि जम्मा १७ हजार ५८ क्युबिक फिट काठ प्रयोग भएको छ । प्रयोग भएका काठमध्ये केही यसअघिकै पुराना काठको प्रयोग भए पनि नयाँ केही काठ भने टिम्बर कर्पोरेसन अफ नेपालसँग लिखित सम्झौता गरी ल्याइएको हो । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्