ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

फोर्ड नेपालले ल्यायो रोडसाइड असिस्टेन्स

२०७८ असोज, २५  
बजार
NA

काठमाडौं (अस) । फोर्ड नेपाल (जीओ अटोमोबाइल्स प्रालि)ले चाडपर्वको अवसरमा ग्राहकको सहज र झन्झटरहित यात्राका लागि रोडसाइड असिस्टेन्सको घोषणा गरेको छ । दशैं र तिहारलाई दृष्टिगत गरेर कम्पनीले यो योजना ल्याएको हो ।

‘चाडबाडको समयमा सबैको व्यापार व्यवसाय बन्द हुने र कामदारको कमी हुने कारणले गाडी बिग्रिएमा स्थानीय सर्भिस पाउन कठिन हुन्छ । यस्तो समयमा फोर्ड नेपालले आफ्ना ग्राहकको सुविधाका लागि रोडसाइड असिस्टेन्समार्फत सेवा प्रदान गर्दै छ,’ कम्पनीद्वारा आइतवार जारी विज्ञप्तिमा भनिएको छ, ‘फोर्ड नेपालले नेपालका प्रमुख दुई राजमार्गलाई लक्षित गर्दै दुई स्थान (सिन्धुली र कुरिनटार)मा सर्भिस क्याम्प नै स्थापना गरी ग्राहक वर्गलाई सेवा प्रदान गर्नेछ । यी स्थान काठमाडौंबाट बाहिरिने मुख्य बाटोमध्ये पर्दछ र नेपालको अरू स्थानमा ग्राहकको सेवा सुविधाका लागि हाम्रो सर्भिस सुविधा सञ्जाल सक्रिय अवस्थामा रहनेछ ।’

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्