ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

राजमार्गमा ह्यन्दे गाडीको ‘फ्री चेकअप क्याम्प’

२०७८ असोज, २५  
बजार
NA

काठमाडौं (अस) । नेपालका लागि ह्यन्दे गाडीको एकमात्र अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेनटल प्रालिले ह्यन्दे हाइवे एसुरेन्स–ह्यन्दे गाडीका लागि ‘फ्री चेकअप क्याम्प’ सञ्चालन गरेको छ । यस कार्यक्रम अन्तर्गत कम्पनीले राजमार्गका विभिन्न स्थानमा ह्यन्दे गाडीको निःशुल्क चेकअप क्याम्प स्थापना गरेको हो ।

दशैं मनाउन ह्यन्दे गाडीमा घर फर्कंदै गरेका ग्राहकलाई लक्षित गरी निःशुल्क चेकअप क्याम्प सञ्चालन गरिएको कम्पनीले बताएको छ । उक्त क्याम्पमा गाडीको चेकअप गरिनुका साथै आवश्यक लुब्रिकेन्ट तथा कुलान्टको मात्रा कम भएमा निःशुल्क थपिदिने व्यवस्था रहेको जानकारी कम्पनीले दिएको छ । उक्त योजना अन्तर्गत कम्पनीले राजमार्गका बिर्तामोड (काँकडभिट्टा रोड), इटहरी (मिलन चोक), कुरिनटार (सिरिन हाइवे), भरतपुर (बाल मन्दिर चोक), चौराहा(बुटवल, नेपालगन्ज (कोहलपुर चोक), धनगढी (अत्तरिया चोक), वीरगञ्ज (पथलैया चोक) र हेटौंडा (बाइपास मार्ग, कपुर कम्प्लेक्स) फ्री चेकअप क्याम्प पोइन्टको स्थापना गरिएको छ । सो कार्यक्रम असोज २४ देखि २६ गतेसम्म बिहान १० देखि साँझ ६ बजेसम्म सञ्चालन हुने बताइएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्