ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

एनआईसी एशिया बैंकको ‘डिजिटल दशैं योजना’

२०७८ असोज, २५  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । एनआईसी एशिया बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न चाडपर्वका अवसरमा ‘डिजिटल दशैं’ योजना ल्याएको छ । उक्त योजनामार्फत बैंकका विभिन्न डिजिटल च्यानलमार्फत कारोबार गर्दा सर्वाधिक कारोबार गर्ने ग्राहकलाई आकर्षक उपहारदेखि अधिकतम २५ प्रतिशतसम्म क्यासब्याक तथा छूट प्रदान गरिने बैंकले जानकारी दिएको छ । किनमेल गर्न ग्राहकलाई अझ सहज पार्ने र डिजिटल कारोबारमा प्रोत्साहन गर्ने उद्देश्यले सो योजना ल्याइएको बैंकले बताएको छ । यसका लागि सामग्री खरीद गरी बैंकको कार्डमार्फत ई–कमर्श, पीओएस भुक्तानीका साथै बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताले क्यूआर भुक्तानी गर्दा आकर्षक छूट तथा क्यासब्याकको व्यवस्था गरिएको हो ।

असोज २१ देखि कात्तिक २१ सम्म बैंकको भिसा कार्डमार्फत पीओएस कारोबार गर्ने ग्राहकलाई अधिकतम २५ प्रतिशतसम्म क्यासब्याकको योजना ल्याइएको छ, जसअनुसार पहिलोपटक पीओएस कारोबार गर्दा १० प्रतिशत वा अधिकतम रू. ५०, तेस्रोपटक कारोबार गर्दा १५ प्रतिशत वा अधिकतम रू. १२५ र पाँचौंपटक कारोबार गर्दा २५ प्रतिशत वा अधिकतम रू. २५० सम्म क्यासब्याज अफर रहेको जानकारी बैंकले दिएको छ । त्यसैगरी बैंकले असोज २१ देखि कात्तिक ३० सम्म सबैभन्दा धेरै कारोबार गर्ने भाग्यशाली ग्राहकलाई पानासोनिक कम्पनीको तर्फबाट ३२ इन्च टीभी, सीजीको तर्फबाट माइक्रोवेभ ओभन, त्रिवेणी ग्रूपकोे तर्फबाट यासुदा ओभन लगायत विभिन्न पुरस्कारको व्यवस्था गरेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्