ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नबिलले ल्यायो ‘नयाँ लुगा’ नामक सन्देशमूलक दशैं भिडियो

२०७८ असोज, २५  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । नबिल बैंकले ‘नया“ लुगा’ नामक दशैंको सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ । नयाँ भिडियोले दशैं मनाउन शहरमा बसोवास गर्ने र दशैं मनाउन गाउँ फर्कने कथालाई जीवन्त ढंगले प्रस्तुत गरेको छ । भिडियोमा एक जना पुरुष शहरमा जागिर गर्छन् । घरबाट उनको छोरीले दशैंमा नयाँ कपडा ल्याइदिन फोन गर्छिन् । उनी छोरी र श्रीमतीको खुशीका निम्ति दशैं किनमेल गरेर गाउँ फर्किन्छन् । फर्किंदा, बाटो बिग्रेर जाममा पर्दछ । तर परिवारको खुशीको लागि उनी रातभर हिँडेर गाउँ पुग्छन् ।

घर पुग्दा छोरी, आमा अनी छोरीको साथी सबै खुशी भई दशैं मनाएको उल्लासमय माहोल भिडियोमा देखिन्छ । साथै अब जागिर खान शहर जाने होइन, गाउँमै केही गर्नु पर्दछ भन्ने सन्देश पनि भिडियोले दिएको छ ।  सकभर दशैंमा आफ्नो परिवारसँग सुरक्षित साथ खुशी साटासाट गराैं भन्ने सन्देश समेत उक्त भिडियोमार्फत व्यक्त गरिएको छ ।

प्रतिक्रिया [1]
User Image

Ramram

[Oct 11, 2021 03:19am]

Bookclose garera pani metuel fund ka shareholder lai bonus diyena. Yo fataha.


प्रतिक्रिया दिनुहोस्