ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

महालक्ष्मी विकास बैंकद्वारा रक्तदान कार्यक्रम सम्पन्न

२०७८ असोज, २५  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । महालक्ष्मी विकास बैंक लिमिटेडको कलैया शाखाले शनिवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कलैया उपमहानगरपालिका वडा नं १ राजदेवी माता मन्दिरको प्रांगणमा आयोजित कार्यक्रममा कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेशराय यादव, प्रशासकीय अधिकृत नाथु साह, बारा उद्योग वाणिज्य महासंघका अध्यक्ष राजकुमार साह, राजदेवी सांगीतिक समूहका सल्लाहकार तथा पदाधिकारी, बैंकका कर्मचारी र स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो । देशभर १०३ ओटा शाखा मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै जाने प्रतिबद्घता व्यक्त गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्