ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

मेटलाइफद्वारा उत्कृष्ट वितरण प्रतिनिधिलाई सम्मान

२०७८ असोज, २५  
बजार
Image Not Found

काठमाडौं (अस) । मेटलाइफ नेपालले आफ्ना उत्कृष्ट एजेन्सी प्रतिनिधिहरूलाई सम्मान गरेको छ । कम्पनीले आइतवार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी उत्कृष्ट घोषित भएका एजेन्सी प्रतिनिधिलाई सम्मान गरेको हो ।

कार्यक्रममा कम्पनीका उपाध्यक्ष एवं महाप्रबन्धक निर्मल काजी श्रेष्ठले आफूहरूले गत वर्षदेखि नै ग्राहकवर्गलाई सहज डिजिटल सेवा प्रदान गर्न ध्यान केन्द्रित रहेको बताए । ‘अहिलेको विषम परिस्थितिमा हाम्रा अभिकर्ताको सहनशीलता र अनुकूलन क्षमता तथा विगत १२ महीनामा ग्राहकलाई मद्दत गर्न देखाउनुभएको अटुट प्रतिबद्घताप्रति निकै गौरवान्वित छौं,’ उनले भने, ‘मेटलाइफ नेपालले सहज डिजिटल अनुभवका माध्यमबाट ग्राहकको जीवन यात्राको प्रत्येक चरणका आवश्यकता पूरा गर्न आफ्ना अभिकर्ताको क्षमता विकासमा निरन्तर जोड दिइरहनेछ ।’

कम्पनी ग्राहकका लागि अनलाइन प्रिमियम भुक्तानी सेवा प्रदान गर्ने नेपालमै पहिलो जीवन बीमा कम्पनी भएको दाबी उपाध्यक्ष श्रेष्ठले गरे । कार्यक्रममा  कम्पनीका शीर्ष अधिकारी, योग्य एजेन्सी प्रबन्धक, युनिट प्रबन्धक र देशभरका फिल्ड प्रतिनिधिको उपस्थिति रहेको थियो ।

मेटलाइफको सहायक कम्पनीको रूपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ इन्स्योरेन्सको शाखाको रूपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । कम्पनीले उपभोक्ता तथा व्यवसायलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा, र कर्मचारी लाभ (समूह बीमा)जस्ता सुविधा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्