ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

कोकाकोलाद्वारा ‘धन्यवाद’ अभियान शुरू

२०७८ असोज, २५  
बजार
Image Not Found

काठमाडौं (अस) । कोका–कोलाले कोभिड महामारीका बेला अग्रपंक्तिमा रहनेहरूप्रति कृतज्ञता व्यक्त गर्न ‘धन्यवाद’ अभियान शुरू गरेको छ । उक्त अभियानको मुख्य आशय महामारीको कठिन समयमा सहयात्रीका रूपमा उपभोक्तालाई कोकको बोटलमार्फत धन्यवाद ज्ञापन गर्नु रहेको कम्पनीले बताएको छ ।

‘प्रहरी र थुप्रै गैरसरकारी संस्थाले नेपालमा कोभिड–१९ विरुद्धको लडाइँमा आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । दशैं अभियानको एक हिस्साको रूपमा कोका–कोलाले स्वास्थ्य सेवा क्षेत्र, ट्राफिक जस्ता विभिन्न क्षेत्रका अग्रणीहरूलाई समर्पित गरेर यसको अन–ग्राउन्ड एक्टिभेसन शुरू गरेको छ,’ कम्पनीद्वारा आइतवार जारी विज्ञप्तिमा भनिएको छ, ‘यसको मुख्य उद्देश्य फ्रन्टलाइनरहरूलाई उनीहरूले प्रदान गरेको समर्पण र समुदायका लागि दिएको सेवाका लागि धन्यवाद  व्यक्त गर्नु हो ।’

सो अभियान अन्तर्गत नयाँ ‘धन्यवाद’ लेबल गरिएको कोकका बोतलहरूमा कोभिडका बेला अग्रपंक्तिमा खटिनेहरूको नाम अंकित गरिएको बताइएको छ । पहिलो एक्टिभेसन चारओटा गैर–सरकारी संस्थामा सफलतापूर्वक आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ, जसअनुसार महावीर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्र, देशका युवाहरूको नेतृत्वमा रहेको हामी नेपाल, जनावरलाई उद्धार र वासस्थान प्रदान गर्ने स्नेह केयर र हर्टबिट यसमा रहेका थिए । आगामी दिनमा कोकाकोलाले देशको अग्रणी नायकप्रति आभार प्रकट गर्न अस्पताल र ट्राफिक प्रहरीसहित धेरै संगठनको भ्रमण गर्ने बताइएको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्