ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नेपालबाट धूलो दूध निर्यात

२०७८ असोज, २५  
१० वर्ष अघि
NA

दुग्ध पदार्थ उत्पादन गर्ने निजी कम्पनीहरूले नेपालबाट धुलो दूध निर्यात शुरू गरेका छन् । अहिले पोखराको सुजल डेरीले धूलो दूधको निर्यात गर्न थालेको हो ।

गत वर्षदेखि सो डेरीले पाकिस्तानमा धुलो दूधको निर्यात थालेको जानकारी कम्पनीका महाप्रबन्धक विष्णु भण्डारीले दिए । गत आर्थिक वर्षमा मात्र प्रति मेट्रिक टन रू. ३ लाखका दरले ५० मेट्रिक टन धूलो दूध पाकिस्तान निर्यात भएको उनले बताए । नया“ मागहरू प्नि आइरहेको उनले जानकारी दिए ।

दैनिक ७ हजार किलो धुलो दूध उत्पादन गर्ने क्षमता कम्पनीको भए पनि अहिले त्यसको ५० प्रतिशत मात्र उत्पादन भइरहेको उनले बताए । पर्याप्त दूध सङ्कलन हुन नसकेका कारण पूर्ण क्षमतामा उत्पादन हुन नसकेको उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय बजारमा नेपाली दुग्ध पदार्थ निर्यातको बाटो खोल्ने उद्देश्यले दुग्ध निर्यातको थालनी गरेको भण्डारीको भनाइ छ । नेपालमा अन्य कम्पनीले यस्तै उत्पादन गर्न थाले पछि नेपालमा बजारको समस्या हुन सक्छ । ‘तसर्थ समयमै अन्तर्राष्ट्रिय बजार खोल्न सुरक्षित रणनीति हो,’ उनको भनाइ छ । सुजलले धूलो दूध निर्यात गर्ने क्रममा यस नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारको अध्ययन पनि गरेको उनले जानकारी दिए । यसबाट अन्य कम्पनीलाई पनि सहयोग पुग्न सक्ने उनको तर्क छ । आफ्नो कम्पनीले उत्पादन गर्ने धूलो दूध गुणस्तरीय भएकाले अन्तर्राष्ट्रिय क्षेत्रले विश्वास गरेको उनको भनाइ छ

वर्ष ५, अंक ५, २०६७, भदौ १०–१७

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्