ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

बृहत् ग्रूपले भित्र्यायो इटालियन बाथ फिटिङ्स ब्राण्ड ‘मिलानो

२०७८ असोज, २५  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । बृहत् ग्रूपले इटालियन बाथ फिटिङ्स ब्राण्ड ‘मिलानो’लाई आधिकारिक रूपमा नेपाल भित्र्याएको छ । मिलानो बाथरुम सम्बन्धी प्रिमियम रेन्जका  प्रडक्टका लागि संसारभर परिचित छ । कम्पनीले आगामी डिसेम्बरबाट काठमाडौंको कलंकीमा मिलानोको ‘एक्सक्लुसिभ’ शोरुम समेत सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले यसअघि दुबईको बहुराष्ट्रिय होम इम्प्रुभमेन्ट रिटेल ब्रान्ड ‘डेन्युब होम’ नेपाल भित्र्याएको थियो । गत अगष्ट अन्तिम सातादेखि सो समूहले काठमाडौं  सुन्धाराको ताहगल्लीमा डेन्युब होम नेपालको एक्सक्लुसिभ शोरुम सञ्चालनमा ल्याएको छ ।

कम्पनीको १४औं वार्षिकोत्सवका अवसरमा  आयोजित कार्यक्रममा कम्पनीका कार्यकारी अध्यक्ष ओम राजभण्डीले कोभिडको मुश्किल स मयमा पनि आफूहरूले डेन्युबलाई नेपालमा ल्याउन सकेको बताए । ‘सहकार्यका लागि प्रस्ताव गरेको ८ महीनाभित्र यसको शोरूम नै खोल्न सक्यौं,’ उनले भने, ‘अब मिलानोको शोरुम पनि आउँदो डिसेम्बरभित्रै खुल्नेछ ।’ डिसेम्बरभित्रै काठमाडौंको डिल्लीबजारमा डेन्युब होमको दोस्रो शाखा पनि सञ्चालनमा ल्याइने  राजभण्डारीले बताए । डेन्युब होम र मिलानो दुवैका आउटलेट राजधानी  बाहिर नेपालका सबै प्रमुख शहरमा समेत पु¥याउने योजनामा कम्पनी रहेको उनले जानकारी दिए ।

‘बृहत् ग्रूपले उपभोक्ताको बसोवासलाई व्यवस्थित, सहज र  अपग्रेड गर्न आफूलाई केन्द्रित गर्दै आएको छ,’ उनले भने । असोज २४ देखि १५औं वर्ष प्रवेश गरेको बृहत् गूू्रपअन्तर्गत बृहत् इन्भेष्टमेन्ट, बृहत् प्रपर्टी सोलुसन्स, बृहत् डेभलपर्स एन्ड बिल्डर्स र स्वयम्भू होटल एन्ड अपार्टमेन्ट्स लगायत रियल इस्टेटसँग सम्बन्धित कम्पनी र उद्यमशीलता विकास तथा प्रवद्र्धनमा  केन्द्रित अन्तरप्रेरणा प्रालि नामक कम्पनी सञ्चालनमा छन् ।

१४औं वार्षिकोत्सव कार्यक्रमको अवसरमा कम्पनीले राम्रो कार्य सम्पादन गर्ने १६ जना कर्मचारीलाई विभिन्न पदमा पदोन्नति गर्नुका साथै वर्षकै उत्कृष्ट कार्य सम्पादन गर्ने एकजनालाई ‘इम्प्लोई अफ दी इयर’बाट सम्मानित गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्