ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

एनसीसी बैंकको २ लाख ८५ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

२०७८ असोज, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २५, काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको कुल २ लाख ८५ हजार ५८६ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको छ ।

कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आवेदन दिन सकिने गरी असोज २५ गते ३५ दिने सूचना जारी गरेको हो । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुले उक्त शेयर खरीदका लागि बैंकको कार्यालय बागबजार, काठमाडौंमा लिखित निवेदन दिनुपर्नेछ । 

उक्त अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुले आवेदन नदिएमा प्रचलित कानून बमोजिम अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्री गरिने समेत कम्पनीले बताएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्