ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

निफ्राद्वारा लाभांश प्रस्ताव संशोधन, बोनस शेयरमा जोड

२०७८ असोज, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २५, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले यस अघि प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ ।

उक्त कम्पनीले नेपाल राष्ट्र बैैंकको निर्देशन बमोजिम लाभांश प्रस्ताव संशोधन गरेको जानकारी दिएको हो । यसअघि ८ दशमलव ५ प्रतिशत करसमेत नगद लाभांश प्रस्ताव गरेको कम्पनीले अव भने ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि रु. ८ करोड ४२ लाख १० हजार ५२७ बराबरको नगद लाभांश वितरण गर्ने भएको छ । 

संशोधित लाभांश अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । हाल कम्पनीको चुक्तापूँजी रु. २० अर्ब रहेको छ ।

कम्पनीको असोज २४ गतेको सञ्चालक समितिको बैठकले सोही पूँजीको आधारमा गत आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्