ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

नेरुडे लघुवित्तले घोषणा गर्‍यो २२.६१ %  लाभांश 

२०७८ असोज, २५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असोज २५, काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट कुल २२ दशमलव ६१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको असोज २४ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा २१ दशमलव ४९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १ दशमलव ६२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रु.४९ करोड ३८ लाख ७७ हजार रहेको छ । सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लाभांश वितरण हुनेछ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्