ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

सोमवार सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको भाउ भने बढ्यो

२०७८ असोज, २५  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

असोज २५, काठमाडौं । नेपाली बजारमा सोमवार सुनको मूल्य ओरालो लागेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् आइतवार १०० ले बढेको सुनको भाउ सोमवार सोही अंकले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुन प्रतितोला रू. ९० हजार ६०० मा कारोबार भएको छ । आइतवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९० हजार ७०० मा कारोबार भएको थियो । आइतवारको तुलनामा सोमवार छापावाला सुन प्रतितोला रू. १०० ले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९० हजार १५० मा कारोबार भएको छ । आइतवार तेजाबी सुन प्रतितोला रू. ९० हजार २५० मा कारोबार भएको थियो ।

यस्तै, सोमवार चाँदीको मूल्य भने बढेको छ । आइतवार प्रतितोला रू. १ हजार १७५ मा कारोबार भएको चाँदी सोमवार रू. ५ ले बढेर रू. १ हजार १८० मा किनबेच भइरहेको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्