ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

परियोजना धितोमा ५ करोडसम्म कर्जा पाइने

२०७८ असोज, २५  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असोज २५, काठमाडौ) । नेपाल राष्ट्र बैंकले परियोजना धितो कर्जालाई प्रोत्साहन गर्ने नीति लिएको छ ।

राष्ट्र बैंकले सोमवार बैंक तथा वित्तीय संस्थाको लागि जारी गरेको एकीकृत निर्देशनलाई संशोधन गर्दै परियोजना धितो कर्जाको सीमा १ करोड रुपैयाँबाट बढाएर ५ करोड रुपैयाँ पुर्‍याएको हो ।

केन्द्रीय बैंकले परियोजना धितोमा लगानी भएको कर्जामा अतिरिक्त २० प्रतिशत कर्जा नोक्सानी व्यवस्थापन गर्नुपर्ने व्यवस्थालाई समेत हटाएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्