ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

शतप्रतिशत प्रतिफलको प्रभाव : ग्लोबल आइएमई समुन्नत योजना - १ को मूल्यमा सर्किट

२०७८ असोज, २५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असोज २५, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार ग्लोबल आइएमई समुन्नत योजना -१ ले शतप्रतिशत प्रतिफल सार्वजनिक गरेसँगै इकाईमूल्यमा सकारात्मक सर्किट लागेको छ । 

ग्लोबल आइएमई क्यापिटलको व्यवस्थापनमा सञ्चालित उक्त योजनाको इकाईधनीहरुका लागि क्यापिटलले १०० प्रतिशत करसमेत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

क्यापिटलको असोज २४ गतेको सञ्चालक समितिको बैठकले बुक क्लोजको मिति भने पछि तय गर्ने गरी उक्त प्रतिफल वितरणको प्रस्ताव गरेको हो । 

शतप्रतिशत प्रतिफल सार्वजनिक भएसँगै यस योजनाको इकाईमूल्य १० प्रतिशत अर्थात् प्रतिइकाई रु.१ दशमलव ९७ ले बढेर अन्तिम इकाईमूल्य रु. २१ दशमलव ६७ कायम भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्