ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

रसुवागढी नाकाबाट ३६ कन्टेनर स्याउ नेपाल भित्रियो        

२०७८ असोज, २५  
वाग्मती प्रदेश
Image Not Found

असोज २५, रसुवा । दशैंमा फलफूलको व्यवस्था मिलाउन नेपाली व्यवसायीले रसुवागढी नाकाबाट स्याउ आयात गरेका छन् ।

शनिवार र आइतवार दुई दिनको अन्तरालमा ३६ ओटा कन्टेनर स्याउ नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेका सूचना अधिकारी एवम् भन्सार अधिकृत नरेन्द्रप्रसाद चौधरीले जानकारी दिए।     
     
 सो नाकाबाट ठुलो परिमाणमा स्याउ भित्रिएसँगै दशैंका लागि नेपाली बजारमा फलफूलको आपूर्ति व्यवस्था सहज हुने भएको छ । नेपाल भित्रिएको स्याउ भन्सार प्रक्रिया पूरागरी धमाधम काठमाडौं लाने क्रम शुरू भइरहेको सूचना अधिकारी चौधरीले बताए।     
     
 चाडपर्वमा फलफूलको अभाव हुन नदिन व्यवसायीले स्याउलगायत तयारी पोशाक, जुत्ता, चप्पलजस्ता सामग्री आयातमा पहिलो प्राथमिकता दिंदै आएको पाइएको छ ।

आम उपभोक्ताको चाहना एवम् राजधानी काठमाडौंलगायत व्यवसायीक क्षेत्रको मागका आधारमा चाडपर्वलाई लक्षित गरी सामग्री आयात गर्ने गरिएको व्यवसायी धर्म पौडेलले जानकारी दिए। रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्